NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २ गते

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमत्री सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डलमा आज थप चार मन्त्रीहरु नियुक्त भएका छन् ।

शितल निवासमा आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा। मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलले पद तथा गोपनियताको शपथ खाएका हुन् ।

समारोहमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, उप सभामुख इन्दिरा राना मगरलगायत विशिष्ट व्यक्तिहरु सहभागी छन्।