नारायणगढ-मुग्लिङ सडक : पहिरोको कारण सडकखण्ड पूर्णरूपमा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
चितवन । मङलबार साझ गएकाे पहोरोको कारण नारायणगढ–मुग्लिङ सडक खण्डमा सवारी आवतजावत पुर्ण रुपमा बन्द छ । जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल सडक खोल्न सकिने अवस्था नदेखिएकोले यात्री तथा सवारी साधन धनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
कार्यालयले जारी गरेको सूचनामा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौविसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटार हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ।
यात्रा अघि सडक अवस्थाबारे यकिन गर्न तथा बाटोमा समस्या आएमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। साथै, यात्रुहरुलाई “जोखिम मोलेर यात्रा नगर्न, घुमेरै भए पनि सुरक्षित बाटो रोज्न” अपिल गरिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सडक अवरुद्ध भए पनि छिटोभन्दा छिटो खोल्न प्रयास भइरहेको बताए। आवश्यक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद आचार्य (९८५५०९२२१८) मा सम्पर्क गर्न सकिने जनाइएको छ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया