कांग्रेसले चियापान कार्यक्रम नगर्ने
काठमाडौँ -नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।
विसं २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा पार्टी कार्यालयमा आगजनी गरेकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएको हो ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया