विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ ।
आज यहाँ पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले भ्रातृ संस्थाका स्वयम्सेवक स्थानीय रूपमा परिचालित गरिसकेको बताए । काँग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ ।
पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवंगत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताए ।
काँग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयम्सेवीहरूमा विशेष अपिलसमेत गरेको छ । विपद्को घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा सहयोग गर्नु सबैको कर्तव्य भएको पनि पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया