दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको जानकारी दिए ।
उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर १६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएका उनले बताए ।
ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँगको सहकार्यमा चाडबाडलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो ।
उक्त कक्षबाट चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरूको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायत समस्या कम गराउन सहयोग गरिएको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया