जेन–जी आन्दोलनका शहीद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने
काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, व्याप्त कुशासन हटाएर सुशासन कायम गर्नुपर्ने लगायत माग राखेर जेन–जी पुस्ताले गत भदौ २३ र २४ गते गरेको विद्रोहका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने भएको छ ।
जेन–जी आन्दोलनको निशानामा परेको चौधरी ग्रुपले उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको हो ।
बिहीबार एक सूचना जारी गर्दै चौधरी ग्रुपले शहीद परिवारका इच्छुक सदस्यलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । यसका लागि नेपाल सरकारद्वारा प्रदान गरिएको शहीद प्रमाणपत्रको प्रतिलिपि, शहीदसँग नाता खुल्ने स्थानीय तह वा अन्य आधिकारिक निकायबाट जारी भएको प्रमाणपत्रको प्रतिलिपि, विशेषज्ञता तथा अनुभव भएमा सो प्रमाण पत्रको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बायोडाटालगायतका काजगात चौधरी ग्रुपको इमेल [email protected] मार्फत पठाउनु पर्नेछ ।
त्यसपछिको प्रक्रियाबारे भने चौधरी ग्रुपले केही बताएको छैन ।
जेन–जी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा सरकारले दमन गरेपछि झण्डै दुई दर्जन युवाको ज्यान गएको थियो । यसबाट आक्रोसित बनेका प्रदर्शनकारीहरूले भोलिपल्ट कर्फ्युको समेत परवाह नगरी सार्वजनिक, व्यावसायिक, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए । यसक्रममा सिजीसमेत निशानामा परेको थियो । दुई दिन चलेको आन्दोलनका क्रममा अहिलेसम्म ७५ जनाको ज्यान गइसकेको छ भने कैयन् घाइते अझैसम्म अस्पतालमा उपचाररत छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो



प्रतिक्रिया