NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

१० दिनपछि फिलिपिन्समा फेरि गयो शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शुक्रबार शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

सरकारले सुनामीको सम्भावना रहेको जनाउँदै सतर्क रहन नागरिकहरूलाई अपिल गरेको छ । इन्डोनेसियाले पनि आफ्ना नागरिकहरूलाई यस्तै किसिमको चेतावनी जारी गरेको छ ।

यसअघि गत सेप्टेम्बर ३० मा पनि फिलिपिन्समा शक्तिशाली भूकम्प गएको थियो । सेबु प्रान्त केन्द्रित भएर गएको ६.९ म्याग्निच्युडको उक्त भूकम्पमा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० घाइते भएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष