१० दिनपछि फिलिपिन्समा फेरि गयो शक्तिशाली भूकम्प
काठमाडौं । फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शुक्रबार शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।
सरकारले सुनामीको सम्भावना रहेको जनाउँदै सतर्क रहन नागरिकहरूलाई अपिल गरेको छ । इन्डोनेसियाले पनि आफ्ना नागरिकहरूलाई यस्तै किसिमको चेतावनी जारी गरेको छ ।
यसअघि गत सेप्टेम्बर ३० मा पनि फिलिपिन्समा शक्तिशाली भूकम्प गएको थियो । सेबु प्रान्त केन्द्रित भएर गएको ६.९ म्याग्निच्युडको उक्त भूकम्पमा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० घाइते भएका थिए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया