ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो ।
बैठक (भोलि) आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया