NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

‘सिनेपाः स्टुडियो’का लागि तीन करोड सरकारी अनुदान

काठमाडौँ- बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले रु तीन करोडको अनुदान बजेट प्रदान गर्ने भएको छ ।

शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।

‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, निर्मातालाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना रहेको बोर्डका अध्यक्ष डिसीले बताए ।

उनले भने ‘काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको सिनेपाः स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुआत हुनेछ, यो केबल स्टुडियो होइन, हाम्रो चलचित्र क्षेत्रको भविष्यमा लगानी हो ।’

यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, ‘भिजुअल इफेक्ट्स’, रङ्ग संयोजन र ‘पोस्ट–प्रोडक्सन’ सुविधा रहनेछन् । सिनेपाःको निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीलाई विदेशमा गएर चलचित्रको प्राविधिक काम महँगोमा गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास चलचित्रकर्मीको छ ।

ताजा अपडेट

नेपालवाच विशेष