बाढीपहिरो प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राख्छौँः मन्त्री घिसिङ
फिक्कल – सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलाममा आज जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा उनले इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनःस्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारे।
मन्त्री घिसिङले राहत तथा पुनर्निर्माण कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य आत्यावश्यक रहेको बताए । “यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो, यसपटक इलामले नसोचेको क्षति बेहोर्नुपरेको छ । अब तीनै तहका सरकारबीच सहकार्य गरेर राहत र पुनःस्थापनामा जुट्न जरुरी छ । त्यो पहल सुरु भइसकेको छ”, उनले भने ।
मन्त्री घिसिङले आज नै इलामका बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गरेका थिए । उनले गत शनिबारको बाढीपहिराले क्षतिग्रस्त इलाम नगरपालिका–१० माईटापु, मेची राजमार्गको राजदुवाली सडक खण्ड र सदरमुकामदेखि मिलगोलाइसम्मको सडकखण्डको निरीक्षण गरे। निरीक्षणपछि मन्त्री घिसिङले क्षतिग्रस्त पक्की पुल, बेलिब्रिज र झोलुङ्गे पुलको पुनर्निर्माणलाई अगाडि बढाइने बताए।
इलाममा हालैको बाढीपहिरोबाट सानाठूला गरी १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते र एक जना बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएका बताइन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया