NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

‘नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छ’: प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वा:को प्रतिमामा माल्यार्पणका लागि प्रमुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताइन् । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा गएको टोलीसँगको भेटमा उनले रु. पाँच सयको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुनाले अब निष्काशन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिने बारेमा छलफल गरी निर्णय लिने बताएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिएकी थिइन् । उनले नेपाल संवत्को नयाँ वर्षको दिन शङ्खधर साख्वा:को सालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने बताएको उनले जानकारी दिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष