NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

हमासले सार्वजनिक गर्न लागेका २० बन्धकको नाम सार्वजनिक, विपीन परेनन्

काठमाडौं । विद्रोही समूह हमासले सार्वजनिक गर्न लागेका २० बन्धकको नाम सार्वजनिक गरेको छ । त्यसमा नेपालका विपीन जोशीको नाम भने छैन ।

प्यालेस्टिनी समाचार संस्था शेहावले हमासले मुक्त गर्ने तयारी गरेका २० जनाको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका सबै नाम इजरायली हुन् । यो सूची जीवित रहेको भनेर पहिले अनुमान गरिएका नामसँग मिल्छन् ।

हमासले अब मुक्त गर्ने बन्धकमा नेपालका जोशी पर्ने अपेक्षा गरिए पनि उनको नाम छैन ।

लर्न एण्ड अर्न प्रोग्रामअन्तर्गत इजरायल पुगेका जोशीलाई हमासले त्यहीबाट नियन्त्रणमा लिएर बन्धक बनाएको थियो । उनलाई बन्धक बनाएपछिको एउटा भिडियो समेत हमासले सार्वजनिक गरेको छ ।

जाेशीको रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

हमासले मुक्त गर्न लागेको भनेर सार्वजनिक गरिएका नामहरू

– बार कुपरस्टाइन

– एभ्यातार डेभिड

– योसेफ–चाइम ओहाना

– सेगेभ काल्फोन

– अविनातान ओर

– एल्काना बोहबोट

– म्याक्सिम हेरकिन

– निम्रोद कोहेन

– माटान जाङाउकर

– डेभिड कुनियो

– एइतान हर्न

– माटान एङ्ग्रेष्ट

– एइतान मोर

– गाली बर्मन

– जिभ बर्मन

– ओम्री मिरन

– एलोन ओहेल

– गाइ गिलबोआ–दलाल

– रोम ब्रासलाब्स्की

– एरियल कोनियो

 

ताजा अपडेट

नेपालवाच विशेष