धनगढीमा पनि कांग्रेस छोड्नेको लर्को

काठमाडौं । भागबण्डामा धनगढी उपमहागरपालिकाको मेयर माओवादीलाई दिइएपछि कांग्रेसमा असन्तुष्टि जनाउँदै राजीनामा दिनेको लर्को लागेको छ ।
यस क्रममा धनगढीमा कांग्रेसका झण्डै एक सय कार्यकर्ताले राजीनामा दिएका छन् । धनगढी उपमहागरपालिका कार्यसमितिको १८ वडा समितिका सभापति भक्त थापासहित झण्डै एक सय कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।
पार्टी कार्यालय पुगेर उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
यस अघि जनकपुरमा उपमहानगरपालिको नेतृत्व जसपालाई दिइएको भन्दै कांग्रेस नगर सभापति मनोज साहले राजीनामा दिएका थिए ।
पोखरा, भरतपुरसहितका स्थानमा पनि मेयरको टिकट अर्को दललाई दिइएको भन्दै असन्तुष्टि छ ।
प्रतिक्रिया