अरिंगालले टोक्दा एक जनाको मृत्यु
लमजुङ । अरिंगालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ अरिंगालले टोकेर घाइते भएका बेँसी सहर नगरपालिका-११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गए राति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए। उनले भने, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिंगाललले टोकेर घाइते भएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।”
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शव परीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया