जेनजी आन्दोलनमा गएका थुक्तेन एक महिनादेखि बेपत्ता
सिमकोट । नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् । उनी काठमाडौंमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् ।
चौबीस वर्षीय थुक्तेन काठमाडौंको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।
भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएका थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौं प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया