लहान सडक डिभिजनका इन्जिनियरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब-इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका-५ मा प्रदेश सरकारको योजनामा गाढा-चिकना सडक डिभिजन लहानले निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान गर्दा ३ करोड बारबरको गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढ्ऊले अनिमियतता गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
उक्त सडक ढलान गर्नका लागि जय धनन्जय/रब्बानी जेभी बालाजुलाई ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपैयाँमा ३० चैत २०७७ सालमा सम्पन्न गर्ने गरी २१ असार २०७७ मा ठेक्का दिएको थियो ।
अनुसन्धानको क्रममा सम्झौता विपरीत तोकिएको गुणस्तरभन्दा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरी भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया