एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि ५० जनाले राखे धारणा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना सदस्यले धारणा राखेका छन् ।
बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखे ।
यसपटकको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई पालैपालो धारणा राख्ने निर्णय सुनाएका थिए ।
एमालेमा अघिल्ला बैठकहरूमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम ९‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म० बोल्ने प्रचलन थियो । तर, यसपटक फरक प्रस्ताव आउँदा बुधबार भनिमण्डलमा केही बेर हल्लाखल्ला भएको थियो ।
महासचिव पोखरेलको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएका थिए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए । तथापि, बैठकमा उल्टो वर्णानुक्रम अनुसार नै सदस्यहरूलाई समय दिँदै बोल्न दिइयो ।
केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३-३ मिनेटको समय दिइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार बिहान ८ बजेदेखि पुन: सुचारु हुनेछ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया