झाडापखालाले सप्तरीमा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ । सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरूको हप्ता दिनको फरकमा मृत्यु भएको बताइएको छ ।
स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ । जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया