NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्द कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको भू वैज्ञानिक सर्वेक्षण यूएसजिएसले जनाएको छ ।

भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि यसको धक्का महसुस गरिएको बताइएको छ।

अहिलेसम्म कुनै जनधनको क्षतिबारे आधिकारिक विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष