माउन्ट ओर्टल्समा हिमपहिरो, पाँच जर्मन आरोहीको मृत्यु
एएफपी । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको छ ।
इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो । शनिबार तीन जनाको शव फेला परेको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको हो ।
अधिकारीहरूले यस क्षेत्रमा बढ्दो तापक्रमले हिउँको अवस्था अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेतावनी दिएका छन्। उनीहरूले पर्वतारोही र स्की उत्साहीहरूलाई मौसम र हिमपहिरोबाट सावधानी अपनाउन र उच्च जोखिम भएका हिमाली क्षेत्रहरूमा आरोहण नगर्न आग्रह गरे।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया