सुधन गुरुङको गृहमन्त्रीलाई प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?
काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन् । एउटै अभिव्यक्तिमा डा. निकोलास भुसाललाई पक्राउ गर्ने तर बस्नेतलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीलाई शक्तिशालीलाई नछुने हो भन्दै प्रश्न गरेका हुन् ।
उनले यो सरकारसमेत ओली सरकारकै पारामा ढल्किएको हो भन्दै प्रश्नसमेत गरेका छन् ।
‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुन ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’, गुरुङले फेसबुकमा लेखेका छन्, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया