मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको छ । सो खण्डमा बिहीबार साझ ५ : १० बजे पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजनका अनुसार पहिरो पन्छाउन मेसिन सम्बन्धित स्थानतर्फ जाँदै छन् । पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको छ ।
यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न पनि आग्रह गरिएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया