सुदन गुरुङको गृहमन्त्री लक्षित स्ट्याटस– खोइ लाज ? खोइ नैतिकता ?
काठमाडौं । जेन–जी आन्दोलनका घाइते र शहीद परिवारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले नभेटेको भन्दै जेन–जी अभियन्ता सुदन गुरुङले आक्रोस व्यक्त गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास निरीक्षण गर्न गृहमन्त्री अर्याल पुगेको समाचार सामाजिक सञ्जालमा सेयर गर्दै गुरुङले यस्तो आक्रोस पोखेका हुन् । उनले खोइ लाज ? खोइ नैतिकता, खोइ निष्ठा ? भन्दै गृहमन्त्रीको नियतमाथि प्रश्नसमेत गरेका छन् ।
‘खोइ त शहीद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको ?,’ लुतेगृहमन्त्री ह्यासट्याग चलाउँदै गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केहीले खुट्टा गुमाएका छन् । केही बच्चाहरू टुहुरा भएका छन् । केही पक्षघात भएका छन् । खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ? ’
कार्की नेतृत्वको सरकारमा कानूनी पृष्ठभूमिका अर्याल गुरुङलगायतको समर्थनमै गृहमन्त्री नियुक्त भएका थिए । अर्याल गृहमन्त्रीमा नियुक्त भएको केही समयपछि जेन–जी अभियन्ताहरूले भदौ २३ को दमनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत व्यक्ति संलग्न रहेको भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका थिए । शहीद परिवारका केही सदस्य र गुरुङ ओली, लेखकलगायत विरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेका थिए । सुरुमा उक्त जाहेरीलाई प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा पठाएकोमा उसले ओली र लेखकमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न समस्या नरहेको भन्दै फिर्ता पठाइदिएको थियो । यद्यपि, प्रहरीले अहिलेसम्म उक्त जाहेरी अघि बढाएको छैन । यीलगायत कारणले गृहमन्त्री अर्याल र जेनजी अभियन्ता गुरुङबीच बढेको मतान्तर पछिल्लो समय सामाजिक सञ्जालमै छताछुल्ल भइरहेका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया