फागुन २१ को निर्वाचनबाटै नयाँ संसद् आउनेछ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन् । संविधानलाई सही मार्गमा ल्याउने योबाहेक अन्य सही बाटो नभएको उनको भनाइ छ ।
विघटित प्रतिनिधिसभा पुनस्र्थापना प्रयोजनका लागि पार्टी संस्थापन पक्षका सांसदहरूले हस्ताक्षर अभियान थालिरहेको सन्दर्भमा महामन्त्री शर्माले फागुन २१ गतेको निर्वाचनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले पार्टी केन्द्रीय समितिको बैठकले पनि यही निर्णय गरेको र प्रधानमन्त्रीसँगको सर्वदलीय बैठकमा पनि यो कुरा राखिएको स्पष्ट पारे ।
‘नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो ।’
थापाले फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले भाग मात्र नलिई सफल नै बनाउने दृढता पनि व्यक्त गरे । ‘नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौं ।’
थापाले निर्वाचनअघि नै पार्टी महाधिवेशन हुनुपर्ने र अधिवेशनबाट आउने नीति र नेतृत्वले मात्र निर्वाचन लड्न योग्य बनाउने दोहो–याए । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनसँग सम्बन्धित नभएर महाधिवेशनसँग मात्र सम्बन्धित रहेको उनको भनाइ छ ।
निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्ने विषयलाई लिएर कांग्रेसमा अहिले दुई धार देखिएको छ । संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छ भने थापा पक्ष महाधिवेशन गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने वकालत गरिरहेको छ ।
त्यस्तै, विघटित प्रतिनिधिसभा विघटनको मुद्दालाई पनि कांग्रेसभित्रको संस्थापन पक्षले उठाउन सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यो प्रयोजनका लागि सांसदहरूको हस्ताक्षर संकलन थालेका छन् । उनले पार्टी सभापतिकै निर्देशनमा यस्तो कदम उठाएको बताए पनि देउवाले अहिलेसम्म यसबारे केही बताएका छैनन् । देउवा केही समयदेखि उपचारका लागि दिल्लीमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया