कोशी टप्पुमा देखिन थाले पाहुना चरा
विराटनगर- सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरु देखिन थालेका छन् ।
हिउँदयाम प्रारम्भ भएसँगै पाहुना चराहरु विचरणका लागि आउने गरेको आरक्षणका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार र जलाशय रहेको सो क्षेत्रमा २२ वटा डल्फिन पनि रहेको पत्ता लागेको छ ।
प्रत्येक दुई वर्ष चराको गणना हुनुपर्ने मा यस वर्ष गणना नभएको र यस क्षेत्रमा ५३५ प्रजातिको चराहरुको बासस्थान रहेको उहाँको भनाइ छ । आरक्षणमा साइवेरिया र रुससम्मका चराहरु आउने गरेका छन्
आरक्षणमा ५०० भन्दा बढी जङ्गली भैँसी अर्ना रहेको र सन् २०२१ मा गणना हुँदा कूल ४९८ वटा अर्ना रहेको पुष्टि भएको थियो ।
यस वर्षको अविरल वर्षा र झरीबाट कुनै पनि क्षति नभएको सो क्षेत्रमा संरक्षित जनावरहरु नजिकै गाउँबस्तीमा प्रवेश गर्दा समस्या उत्पत्र हुने गरेको बताइएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया