होटलमा मुख्यमन्त्रीको शपथ गराउने प्रदेश प्रमुख पदमुक्त
काठमाडौं । मधेश प्रदेश प्रमुखबाट सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान, २०७२ को धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनलाई मंगलबार पदमुक्त गरेका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा भण्डारीले त्यसो नगरी एक होटलमा गुपचुप रूपमा मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सोमबार मुख्यमन्त्रीको शपथ गराएकी थिइन् ।
त्यसपछि मधेश प्रदेशमा यो निर्णयविरुद्ध आन्दोलन भएको थियो भने मन्त्रिपरिषद्ले पनि भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको साेही सिफारिसका अाधारमा राष्ट्रपति पौडेलले उनलाई पदमुक्त गरेका हुन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया