नयाँ दल दर्ताका लागि आज अन्तिम दिन
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदैछ । निर्वाचन आयोगले तोकेको समयावधि अनुसार इच्छुक राजनीतिक दलहरूले आज साँझ कार्यालय समयसम्म आफ्नो दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान गरेसँगै धेरै नयाँ दलहरू दर्ता भएका छन् । यस प्रक्रियामा रहेका केही दलहरूले आज आफ्नो प्रमाणपत्र प्राप्त गर्नेछन् । हालसम्म निर्वाचन आयोगका अनुसार १२६ दलले आधिकारिकता पाइसकेका छन् ।
आयोगले यसअघि नै फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको थियो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया