काफलको रुख ढल्दा सात बालक घाइते
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् । उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ ।
घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल रहेका छन् । घाइते बालकहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया