झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
झापा । झापाको बिर्तामोड-६ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी-स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका-५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नाम, थर तथा वतन नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया