रोकिएको काम कारवाही सुरु गर्न भूमि समस्या समाधान आयोगको निर्देशन
काठमाडौँ । भूमि समस्या समाधान आयोगले रोकिएको काम कारवाही सुरु गर्न निर्देशन दिएको छ । बुधबार आयोगले ७७ वटै जिल्ला समितिहरूलाई प्रचलित कानुनअनुसार कामकारबाही सुरु गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को गत असोज २३ गते बसेको बैठकले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएको थियो ।
यससँगै भूमि समस्या समाधान आयोगले आयोग गठन आदेश, २०८१ तथा प्रचलित नियमअनुसार कामकारबाही सुरु गर्न भनेको हो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया