शिक्षा मन्त्रालयको एनओसी शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई कक्षबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को विषयमा सहजीकरण गरिने मन्त्रालयले जनाएको छ ।
कक्षबाट उनीहरूको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ । शाखाको फोन नम्बर र इमेलमा समस्या र गुनासोहरू राख्न मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ ।
मन्त्रालयले अनलाइनबाट आवेदन दिएका विद्यार्थीलाई एनओसी अनलाइन पोर्टलबाट वैदेशिक अनुमति पत्र (एनओसी) जारी गर्दै आएको छ । शिक्षा मन्त्रालयले सिंहदरवारमा सञ्चालनमा रहे पनि विद्यार्थीको पहुँच र सहजताका लागि शाखा सानोठिमीमा राखिएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया