स्वास्थ्यकर्मी डा रुपक घिमिरे रास्वपाबाट समानुपातिक उम्मेदवारको आकांक्षी, जेनजीको समर्थन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि स्वास्थ्य क्षेत्र र सामाजिक अभियानमा सक्रिय डा. रुपक घिमिरेलाई समानुपातिक बन्द सूचीअन्तर्गत दलित कोटाबाट उम्मेदवार चयन गरेको छ।
हाल रास्वपाको केन्द्रीय अभियान विभाग सदस्य तथा तनहुँ-काठमाडौँ सम्पर्क समितिको संयोजकको जिम्मेवारीमा रहेका घिमिरेलाई युवा नेतृत्व र जेनजी अभियन्ताहरूले बलियो समर्थन जनाएका छन्।
काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस र छालारोग विशेषज्ञता हासिल गरेका डा. घिमिरे एक सफल चिकित्सक र स्वास्थ्य नीति सुधारकका रूपमा परिचित छन्। उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपण सम्बन्धी विशेष तालिम समेत प्राप्त गरेका छन् ।
काठमाडौँ मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा प्राध्यापन गरिसकेका घिमिरे हाल दरबारमार्गस्थित ‘आवरण स्किन क्लिनिक’ मार्फत स्वदेशी तथा ३० भन्दा बढी देशका नेपाली र विदेशी नागरिकलाई सेवा प्रदान गर्दै आएका छन् ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा रहँदा उनले मेडिकल मालप्रयाक्टिस (चिकित्सकीय लापरबाही) विरुद्ध कडा कदम चाल्नुका साथै काउन्सिलका सेवाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न नेतृत्वदायी भूमिका खेलेका थिए। स्वास्थ्य सेवा व्यवसाय होइन, नागरिकको मौलिक अधिकार हो भन्ने मान्यता बोकेका घिमिरेले राजनीतिलाई सेवाको माध्यम बनाउने अठोट व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया