दाउन्नेमा अत्यावश्यकबाहेक सवारी नचलाउन आग्रह
काठमाडौं । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा अत्यावश्यकबाहेक सवारी साधन लिएर यात्रा नगर्न सडक आयोजनाले आग्रह गरेको छ ।
आयोजनाले ३ दिनयता दाउन्ने खण्डमा लगातार भारी शितलहर हुँदा सडक चिप्लो भएको भन्दै सवारीमा यात्रा नगर्न भनेको हो ।
‘दाउन्ने खण्डमा निर्माणको काम भइरहेको हुँदा केही स्थानहरूमा एकतर्फी सवारी आवतजावत भइरहेको अवस्थामा विगत ३ दिनदेखि परेको भारी शितलहरका कारण दाउन्ने खण्डको सडक अत्यन्त चिप्लो भई साना तथा ठूला सवारी साधनहरू चिप्लिने, अड्किने तथा बिग्रने कारणहरूले सवारी आवागमनमा गम्भीर अवरवध उत्पन्न भई यात्रा गर्न कठिन भएको जानकारी गराइन्छ,’ नारायणघाट बुटवल सडक योजनाले जारी गरेको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया