स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै काठमाडौं महानगर
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत रैथाने उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिनुभयो ।
उपभोक्तालाई स्थानीय उत्पादन चिन्न र चिनाउनका लागि स्थानीय तथा रैथाने उत्पादनले सहयोग गर्ने भएकाले त्यस्ता उत्पादनलाई बजारीकरण गर्ने तयारी कामपाको रहेको वडाध्यक्ष तीवारीको भनाइ छ । “उत्पादन गरिएका वस्तुको बजारीकरण र प्रवर्द्धनका लागि वस्तु पहिचान गर्नु नै मुख्य कुरा हो”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “हामी महानगरका अन्य वडामा पनि यस्ता स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजनामा छौँ ।”
स्थानीय उत्पादन पहिचान र बजारीकरणका लागि कामपाले ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बनाउँदै लगेको छ । यस कार्यक्रमअन्तर्गत यस वर्ष वडा नं ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठवटा वडामा अहिले सीप विकास तालिम सम्पन्न भई विभिन्न सामग्री उत्पादन भइरहेको छ ।
कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठवटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि तत्काल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको छ ।
“सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्ने कामपाको भनाइ छ । यस वर्ष थालिएका ११ वटा वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् ।
यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी ९मिठाइका परिकार० उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबिसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःमसहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने जनाइएको छ । यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर समेत स्थापना गरिएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया