भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो बुद्ध एयरको जहाज
काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन-वेबाट चिप्लिएको छ ।
झापा प्रहरीका अनुसार ग्राउन्डभन्दा केही बाहिर जहाजको पांग्रा गएको हो ।
काठमाडौँ-भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।
सबै यात्रुको सकुशल उद्धार भएको बताइएको छ ।


प्रतिक्रिया