भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो
वासिङटन । भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले शनिबार राति हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडान अस्थायी रूपमा रोकिएका थिए ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ । उनीहरूमाथि लागुऔषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ ।
अमेरिकी विशेष फौजले शनिबार बिहान सबेरै राजधानी काराकास तथा वरपरका क्षेत्रमा हवाई आक्रमणसहितको सैन्य कारबाही सञ्चालन गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रारम्भिक प्रतिबन्ध समाप्त भएको र नियमित उडान पुनः सञ्चालन गर्न अनुमति दिइएको बताएका छन् ।
उनका अनुसार, सम्बन्धित वायुसेवा कम्पनीलाई आवश्यक सूचना दिइएको छ । र, उडान तालिका छिट्टै अद्यावधिक गरिनेछ ।
अमेरिकी संघीय उड्डयन निकायले यसअघि जारी गरेको सूचनामा क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएको उल्लेख थियो । उक्त हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिइएको थियो । रासस/एएफपी
प्रका
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया