NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

भेनेजुएलामा तत्काल निर्वाचन उपयुक्त नभएको अमेरिकाको धारणा

वासिङ्टन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अहिले नै निर्वाचन गरिनु उपयुक्त नहुने बताएका छन्। उनका अनुसार देशमा स्थायित्व नआएसम्म चुनावको प्रक्रिया अघि बढाउनु ‘अपरिपक्व’ निर्णय हुनेछ।

एनबिसी टेलिभिजनको कार्यक्रम मिट द प्रेस मा बोल्दै रुबियोले राष्ट्रपति निकोलस मदुरो पदच्युत भइसकेको र उनीमाथि अनुसन्धान भइरहेको दाबी गरे। हाल भेनेजुएलामा प्रभावकारी सरकार नरहेको अवस्थामा निर्वाचनबारे छलफल गर्नु व्यवहारिक नहुने उनको भनाइ थियो।

शनिबार अमेरिकी सेनाले मदुरोलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्युयोर्क पुर्‍याएको उल्लेख गर्दै रुबियोले भने, “अहिले हाम्रो ध्यान मदुरो शासनकालमा देखिएका गम्भीर समस्याहरू समाधान गर्न केन्द्रित छ। ती समस्या अझै टुंगिएका छैनन्।”

उनका अनुसार अमेरिका भेनेजुएलाका नागरिकलाई राजनीतिक र सामाजिक चुनौतीहरू सामना गर्ने अवसर दिन चाहन्छ र त्यसका लागि सावधानीपूर्वक कदम चालिरहेको छ।

यसैबीच, भेनेजुएलाको राजधानी काराकसमा सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ। राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अनुसन्धानका लागि अमेरिकाले नियन्त्रणमा लिएपछि राष्ट्रपतिको पद रिक्त बनेको जनाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष