ललितपुरका सबै स्थानीय तहमा कांग्रेस र माओवादीले यसरी मिलाए भागबण्डा
काठमाडौं । ललितपुरको पाँच स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले भागबण्डा गरेका छन् । आइतबार बसेको प्रदेश स्तरीय गठबन्धनको बैठकमा एक नगरपालिका प्रमुख र दुई गाउँपालिकाको अध्यक्ष कांग्रेसले लिने सहमति भएको छ ।
यस्तै, एक नगरपालिका र एक गाउँपालिका माओवादी केन्द्रले लिने सहमति भएको छ । कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ र माओवादीका अध्यक्ष सरल सहयात्री पौडेले जारी गरेको विज्ञप्तिअनुसार गोदावरी नगरपालिका प्रमुख र उपप्रमुख कांग्रेसले लिएको छ ।
महालक्ष्मी नगरपालिका प्रमुख माओवादी केन्द्रले लिएको छ । त्यस्तै उपप्रमुख कांग्रेसले पाएको छ । यसैगरी कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादीले प्राप्त गरेको छ भने उपाध्यक्ष कांग्रेसले लिएको छ ।
त्यस्तै, वाग्मती र महांकालको अध्यक्ष कांग्रेसले लिएको छ । उपाध्यक्ष माओवादीले पाएको छ ।
विज्ञप्तिमा एकीकृत समाजवादीको तर्फबाट कसैले पनि हस्ताक्षर गरेको छैन । यसअघि ललितपुर महानगरपालिका प्रमुख कांग्रेसले लिने र उपप्रमुख माओवादीलाई दिने सहमति भइसकेको छ ।

ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया