पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लंघनप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडाैं । पत्रकार आचारसंहितार निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी कार्य गरेकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानकार्षण भएको छ । काउन्सिलले धेरै जसो पत्रकारले कुनै राजनैतिक दलको खुला समर्थन र कुनैको विरोध गर्ने गरेको तथा कुनै दल विशेषको चुनावचिन्हमा मतदान गर्न आह्वान गर्नेसमेत गर्ने गरेको पाइएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
कतिपय अग्रज पत्रकारले समेत यस्ता अभिव्यक्ति राखेको पाएको जनाउँदै काउन्सिलले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताप्रति ध्यान दिन ध्यानाकर्षण गराएको छ । पत्रकार र सञ्चारमाध्यमका हालसम्म १०८ वटा स्टाटस अध्ययन गर्दा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाएको काउन्सिलले जनाएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को सन्र्दभमा निर्वाचन आचारसंहिता लागु भएको दिनदेखि नेपाल प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यम र सामाजिक सञ्जालसमेतको प्रवृतिगत अध्यययन गर्दै आएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया