सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो।
अघिल्लो दिन घटेको सुनको भाउ आज एकाएक उकालो लागेको हो। एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेपछि सुन तीन लाखको सीमाभन्दा माथि पुगेको हो। हिजो भने सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो। हिजो चाँदीको मूल्य ५ हजार ८७० रुपैयाँ रहेको थियो।
लगातारको मूल्यवृद्धिले सुनचाँदी बजारमा लगानीकर्ता र उपभोक्ताको चासो बढ्दै गएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया