NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

लुटपाटमा संलग्नको आरोपमा मूलपानीबाट १० पक्राउ

काठमाडौं । लुटपाटमा संलग्नको आरोपमा काठमाडौंको मूलपानीबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, उक्त क्षेत्रमा रातिको समयमा लुटपाटको घटना बढेको गुनासोपछि बुधबार  प्रहरी परिचालित भएको थियो । सोही क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । त्यसक्रममा प्रहरीले गोलीसमेत चलाएको थियो ।

नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । अनुसन्धान प्रक्रिया सकिएपछि थप कानूनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।