३३ किलो सुन काण्ड : उच्च अदालतले अधिकांश अभियुक्तको सजाय घटायो
काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला आंशिक रूपमा संशोधन गरेको छ।
न्यायाधीश महेन्द्र उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले चूडामणी उप्रेती ‘गोरे’, नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई जन्मकैद सुनाइएको जिल्ला अदालतको फैसला उल्ट्याउँदै १०–१० वर्ष कैद सजाय मात्र कायम गरेको हो।
तर, लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतको फैसला यथावत् राखिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिएका छन्।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया