इन्डोनेसियाले पाम तेलमा प्रतिबन्ध लगाउने, नेपालमा कस्तो असर पर्छ ?

काठमाडाैं । विश्वमा सबैभन्दा बढी पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियाले पाम तेलमा प्रतिबन्ध लगाउने भएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यही महिनाको २८ तारिखदेखि खाना पकाउन प्रयोग हुने पामोलिन तेल अर्थात् पाम आयल र त्यसको कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने बताएका छन् ।
यस अवधिमा देशमा पाम तेलको उत्पादनको निरन्तर अनुगमन गरिने पनि उनले बताएका छन् । मुलुकमा ‘सस्तो र प्रशस्त’ पाम आयलको आपूर्ति सुनिश्चित गरेपछि मात्रै प्रतिबन्ध फुकुवा गर्ने इन्डोनेसियाले जनाएका छन् । इन्डोनेसियालले ठूलो परिमाणमा खजुरीको खेती गर्दै आएको छ । यसको फलबाट पाम तेलको उत्पादन हुन्छ । यसका साथै डिटरजेन्ट, शैम्पू, टुथपेष्ट, चकलेट, डोनट र लिपस्टिकको उत्पान हुन्छ । संसारमा केही हिस्सा जैविक इन्धन उत्पादनमा पनि प्रयोग हुन्छ ।
इन्डोनेसिया पाम तेल उत्पादनको हिसाबले विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर अहिले देश आफैं स्थानीय तहमा अभावसँग जुधिरहेको कारण पाम तेलमा प्रतिबन्ध लगाउन खोजेको बुझिन्छ । स्टक बजार नास्डाक वेबसाइटका अनुसार यस वर्ष जनवरीको अन्त्यमा इन्डोनेसियाले पाम तेलको निर्यात सीमित गरेको थियो । मार्चमा यसमाथिको प्रतिबन्ध हटेको थियो तर त्यतिन्जेलसम्म अन्तर्राष्ट्रिय बजारमा पाम आयलको मूल्य आकाशिएको थियो ।
ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार रुस–युक्रेन युद्ध सुरु भएयता बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै धेरै देशले खाद्यान्न अभावको अवस्थाबाट बच्न आफ्नो बाली बचाउन कदम चालिरहेका छन् । इन्डोनेसियाको यो निर्णयलाई यसै दिशामा एउटा कदमको रुपमा पनि हेरिएको छ । यस हप्ता च्यानल न्यूज एशियामा प्रकाशित समाचार अनुसार इन्डोनेसियाको निर्णयले चिन्ता बढेको छ । यसैबीच अन्तर्राष्ट्रिय बजारमा भटमास तेलको मूल्य पनि बढेको छ ।
प्रतिवेदनमा युक्रेन सूर्यमुखी तेलको विश्वको सबैभन्दा ठूलो उत्पादक मुलुक भएको र रुस–युक्रेन युद्धका कारण यहाँबाट हुने निर्यात प्रभावित भएको उल्लेख छ ।विश्वको ७६ प्रतिशत सूर्यमुखी तेलको व्यापार काला सागरबाट हुन्छ तर रुसले युक्रेनमा गरेको आक्रमणबाट यो व्यापार नराम्ररी प्रभावित भएको छ । यस्तो अवस्थामा जनताको आशा सोयाबिन र पाम तेलमा थियो ।
भान्सामा सोयाबिन तेललाई पाम तेलको राम्रो विकल्पको रूपमा लिइन्छ । तर केहि हप्ता अघि अर्जेन्टिना, वनस्पति तेलको विश्वको सबैभन्दा ठूलो निर्यातकले भटमासको तेलमा निर्यातको लागि दर्ता बन्द गर्ने घोषणा गर्यो । यो कदमसँगै यसले सन् २०२१–२२ मा रोपेको बाली निकासीमा रोक लगाएको छ । यस वर्षको मार्चमा, समाचार एजेन्सी रोयटर्सले एक रिपोर्ट प्रकाशित गयो जस अनुसार अर्जेन्टिनाले सोयाबिन तेल निर्यातमा ३१ प्रतिशत कर लगाएको छ । यस वर्ष अर्थात् २०२१–२२ मा खडेरी भए पनि मुलुकमा ४ करोडदेखि ४२ करोड टन भटमास उत्पादन भएको छ ।
सरकारको यो निर्णयपछि अर्जेन्टिनाका आपूर्तिकर्ता र निर्यातकर्ताले यो देशको हितमा नभएको बताएका छन् । निकासीमा प्रतिबन्ध लगाएमा देशको अर्थतन्त्रमा नोक्सान हुने र विदेशी मुद्राको आवश्यकता पूरा नहुने उनीहरुको भनाइ छ । र तेल आयात गर्ने देशहरू यसको विकल्पको खोजीमा अमेरिका वा ब्राजिलतिर जान सक्छन् ।
विश्वभर बढ्दै गएको मुद्रास्फीतिको बीचमा राष्ट्रसंघले मुलुक युद्धको असर व्यापारमा पर्न नदिन र व्यापारलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय स्तरमा वस्तुको मूल्य नियन्त्रणमा राख्न आग्रह गरेको छ । धेरै अन्तर्राष्टि सञ्चारमाध्यमले रुसो–युक्रेन युद्ध बाहेक कोभिड महामारीका कारण आपूर्ति श्रृंखला समस्याको सामना गरिरहेका देशहरूले अर्जेन्टिना र त्यसपछि इन्डोनेसियाका निर्णयहरूको ठूलो प्रभाव देख्न सक्ने बताएका छन् । यसले अन्तर्राष्ट्रिय स्तरमा खाद्य तेलको मूल्य बढ्न सक्छ ।
यस वर्षको जनवरीमा, इन्डोनेसियाले देश भित्र पाम तेलको बिक्रीमा प्रतिबन्ध लगाएको थियो । सरकारले कच्चा पाम तेल देशभित्रै अधिकतम ९ हजार ३ सय रुपैयाँमा प्रतिकिलोमा बिक्री गर्न अनिवार्य गरेको थियो । गत वर्षको तुलनामा देशभितराई खाद्य तेलको मूल्य ४० प्रतिशतले बढेको निक्की एशियाकाले जनाएको छ । अघिल्लो देशका वाणिज्यमन्त्री मोहम्मद लुफ्तिले खाद्य तेल उत्पादनमा देशको २० प्रतिशत बजर्मा बेच्ने व्यवस्था गरेका थिए ।
नेपालमा कस्तो असर पर्छ
इन्डोनेसियाले पाम तेलको निर्यातमा प्रतिबन्ध गर्ने वित्तिकै नेपालको निर्यातमा पनि असर पर्ने देखिन्छ । इन्डोनेसियाले पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालमा निर्यात घट्ने ।
नेपालले उच्च मात्रामा पाम तेल भारतमा निकासी गर्दै आएको छ । तर नेपालमा पाम तेलको खपत भने कम हुन्छ, यसले गर्दा पनि नेपालले भारततर्फ गर्दै आएको पाम तेलको निर्यातमा पनि कमी आउने देखिन्छ । चालु आवको ९ महिनामा नेपालले कुल ३२ अर्ब ५३ करोड ३८ लाख रुपैयाँ बराबरबको पाम तेल आयात गरेकोमा इन्डोनेसियाबाट मात्रै २६ अर्ब ११ करोड १८ लाख रुपैयाँ बराबरको १९ करोड ९४ हजार लिटर पाम तेल आयात गरेको छ ।
त्यस्तै, भन्सार विभागको तथ्यांकअनुसार नेपालले सोही अवधिमा भारततर्फ ३६ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ बराबरको १७ करोड ७५ लाख ७८ हजार लिटर पाम तेल निर्यात गरेको छ ।
प्रतिक्रिया