विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन् ।
बीबीसीका अनुसार ट्रम्पले ‘सेक्सन १२२’ नामक अहिलेसम्म प्रयोग नगरिएको कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्मको ट्यारिफ केही दिनका लागि लागू गर्ने घोषणा गरेका हुन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकासँग यसअघि व्यापार सम्झौता गरेर ट्यारिफ दर घटाएका देशहरू अब पुरानै सहमतिभन्दा फरक १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन् । यसमा बेलायत, भारत र युरोपेली संघलगायतका देश समावेश छन् ।
ती देशहरूले भने सम्झौताअनुसार दिएका सहुलियतहरू यथावत् पालना गर्नुपर्ने ट्रम्प प्रशासनको अपेक्षा रहेको बीबीसीले जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया