चितवन सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा राजकुमार स्याङ्तान
विशाल श्रेष्ठ(दक्षिण कोरिया)–चितवन सम्पर्क समिति दक्षिण कोरियाको १७ औ अधिवेशन सम्पन्न भएको छ ।
महामारीलाई मध्यनजर गर्दै चितवन सम्पर्क समिति दक्षिण कोरियाको १७औं अधिवेसन कोरोनाको भर्चुअल माध्यम जुमबाट र प्रत्यक्ष उपस्थित सउलमा गराएर सम्पन्न भएको हो।
अधिवेशनबाट सम्पर्क समितिको अध्यक्षमा राजकुमार स्याङ्तानलाई सर्वसम्मत चयन गरिएको छ ।
बिजय अर्यालको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारको पुर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि थिए ।
नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा सागर सापकोटा तथा उपाध्यक्षमा समुन्द्र अर्याल, अमित चौधरी महासचिबमा विनोद चौधरी सचिबमा पुर्णकला कुँवर पौडेल, गोबिन्द चौधरी कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सह कोषाध्यक्षमा रामकुमार चौधरी रहेका छन्।
यसैगरी सदस्यहरुमा देव चौधरी, प्रेम चौधरी, रबिन्द्र बुढाथोकी,अतिज लामा छन्।
नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना दिँदै प्रमुख सल्लाहकार गिरिराज कुँवरले आगामी दिनहरुमा पनि संस्थाको नीति नियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गरे।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया