उन्नती सहकार्य लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तिय संस्थाले बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तले उक्त बोनस सेयर सेयरधनीको खातामा आइतबार जम्मा गरेको जानकारी सूचनामार्फत दिएको छ ।
लघुवित्तले २०७८/०९/१९ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हीतग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार २०७७/०७/०३ गतेपश्चात् सेयर खरिद गरी कायम भएका सेयरधनीहरुले उक्त संस्थाको ०७८/०९/२८ गते सम्पन्न वार्षिक साधरणसभाबाट पारित ३० प्रतिशतका दरको बोनस सेयरबापत लाग्ने कर सेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने छ ।
करबापतको रकम जम्मा गरिसकेपछि रकम सेयरधनीको डिम्याट खातामा जम्मा हुने लघुवित्तले उल्लेख गरेको छ । साथै उक्त रकम सेयरधनीले सिद्धार्थ बैंकको खातामा जम्मा गरी सोको भौचर स्क्यान गरेर इमेलमा पठाउन लघुवित्तले आवहान् गरेको छ ।
त्यस्तै सेयरधनीले तिर्नुपर्ने रकमको विवरण बैंकको वेवसाइटमार्फत प्राप्त गर्न सकिने लघुवित्तले सेयरधनीलाई जानकारी दिएको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया