NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

ट्रम्पको बयानपछि विश्व बजारमा तेलको मूल्य घट्यो

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य हुने र स्ट्रेट अफ होर्मुजबाट तेल आपूर्ति जारी रहने संकेत दिएपछि विश्व बजारमा तेलको मूल्य घटेको छ।

ट्रम्पको बयानपछि तेलको मूल्य घटेर करिब ८८ डलर प्रति ब्यारेल पुगेको छ, जबकि एक दिनअघि मात्र मूल्य ११७ डलर प्रति ब्यारेलसम्म पुगेको थियो।

हाल ब्रेन्ट क्रुड तेलको एक ब्यारेलको मूल्य ९३ डलरभन्दा बढी रहेको बताइएको छ।

ट्रम्पले चेतावनी दिँदै भनेका छन् कि यदि इरान ले स्ट्रेट अफ होर्मुजबाट तेलको आवागमन रोक्ने कुनै कदम चाल्यो भने उसले “अत्यन्त कडा” कारबाहीको सामना गर्नुपर्नेछ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने मानिन्छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,– “यदि इरानले स्ट्रेट अफ होर्मुजबाट तेलको आवागमन रोक्ने प्रयास गर्‍यो भने संयुक्त राज्य अमेरिका ले इरानमाथि पहिलेभन्दा २० गुणा कडा हमला गर्नेछ।”

उनले थप लेखेका छन्, – “यसका साथै हामी त्यस्ता लक्ष्यहरूलाई पनि निशाना बनाउनेछौँ जसलाई सजिलै नष्ट गर्न सकिन्छ। यसले इरानलाई भविष्यमा फेरि एक राष्ट्रका रूपमा उभिन लगभग असम्भव बनाउनेछ। उनीहरूमाथि मृत्यु, आगो र विनाश वर्षिनेछ‘ तर मलाई आशा छ र म प्रार्थना गर्छु कि यस्तो स्थिति नआओस्।”

ट्रम्पले यसलाई चीन र स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने अन्य देशहरूका लागि “एक प्रकारको उपहार” भएको बताएका छन्।

यसैबीच इरानी रिभोल्युशनरी गार्ड्सले चेतावनी दिँदै भनेको छ कि यदि परिस्थिति बिग्रियो भने इरानले यस क्षेत्रबाट “एक लिटर तेल पनि निर्यात हुन नदिने” कदम चाल्न सक्छ।

ताजा अपडेट

नेपालवाच विशेष