इरान युद्धका कारण ट्रम्पको चीन भ्रमण स्थगित हुने संकेत
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण यसै महिनाको अन्त्यतिर हुने चीन भ्रमण करिब एक महिनाका लागि स्थगित गर्ने योजना बनाएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले यसलाई करिब एक महिनाका लागि सार्ने अनुरोध गरेका छौं।’ उनले इरान युद्धका कारण आफ्नो उपस्थिती आवश्यक रहेको पनि स्पष्ट पारे।
ट्रम्प र शी जिनपिङ बीचको भेटघाट मार्च ३१ देखि अप्रिल २ सम्मका लागि तय गरिएको थियो। यसअघि यी दुई नेताबीचको अन्तिम प्रत्यक्ष भेट गत वर्ष अक्टोबरमा भएको थियो।
इरान युद्धका कारण ट्रम्पको विदेश नीतिसम्बन्धी अन्य प्राथमिकताहरू पछाडि परेको देखिएको छ। द्वन्द्व चर्किँदै जाँदा विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउने र त्यसले अमेरिका मा तेलको मूल्य वृद्धि हुने जोखिम पनि बढेको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया