विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना
काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्र मन्त्री पाब्लो क्विर्नोले मंगलबार सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र संघको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो । भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू भएको हो ।
क्विर्नोले भने, “हाम्रो देश स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय फोरममार्फत अघि बढाउने छ, तर स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहनेछ ।”
अर्जेन्टिनाली सरकारले सन् २०२५ मार्चमा यो निर्णय घोषणा गरेको थियो । राष्ट्रपतिका प्रवक्ताले त्यतिबेला जानकारी दिँदै भने, “ राष्ट्रपति हवियर मिलेइले परराष्ट्रमन्त्रीलाई यस अन्तर्राष्ट्रिय निकायबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिएका छन् ।’
“यो निर्णयले देशलाई आवश्यक सन्दर्भ अनुसार नीति निर्माण गर्न लचिलोपन दिनेछ, स्रोतको उपलब्धता बढाउनेछ र स्वास्थ्य सम्बन्धी मामिलामा सार्वभौमिकता सुनिश्चित गर्ने हाम्रो मार्गलाई पुष्टि गर्नेछ ।”
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया