वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
काठमाडौँ । इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाएका छन् ।
प्रवक्ताले महासचिवको भनाइलाई दोहोरयाउँदै यस क्षेत्रमा रहेका इजरायली बस्तीहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको–कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावहरू सहित अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको खिलाप यस क्षेत्रमा स्थापीत भएको उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले वेस्ट ब्याङ्कको चिन्ताजनक अवस्थालाई तत्काल कम गरी यस क्षेत्रका नागरिक र उनीहरूको सम्पत्तिमा हुने आक्रमणको अन्त्य गर्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया